जानकारीका लागि !!

जानेर वा नजानी नै पानीफोटोको यो पुरानो घरमा आइपुग्नु भएकोमा तपाईलाई धन्यवाद । पानीफोटो अहिले नयाँ स्थानमा सरेको छ । यसैले यहाँ लिंकहरु नखुल्ने वा अरु समस्याहरु हुन सक्छन् । यसमा भएका सबै सेवा सहित थप सेवाहरु छन् पानीफोटोमा । यसैले www.paniphoto.com मा आउँनुहोला ।

सङ्क्रमणकालको प्रसवावस्था

—हरिहर शर्मा–

राजनीतिले नयाँ वर्षको पूर्वसन्ध्यामा यदाकदा सिनेमामा देखिने खालको धमाकेदार फड्को मारेपछि जनतामा नयाँ आशाको सञ्चार भएको थियो । एक आपसमा घोर अविश्वास गर्ने पात्रहरु कहानीको कुनै विन्दुमा आएर विशेष रहस्योद्घाटनपश्चात मिलेर अघि बढ्न तयार भएझैँ दलहरु शान्तिप्रक्रियाको औपचारिक इतिश्री भएलगत्तै सहयात्राको अभिप्रायले जुर्मुराएको देख्दा जनतामा आशा जागृत हुनु स्वभाविकै थियो । तर ती आशा पाका हुन नपाउँदै नेताहरुको पुरानै रवैया देखिन थालेको छ ।

हुँदै नहुने सहमतिका लागि समय थपेको थप्यै गरिँदैछ । संविधानसभा सकिँदैछ । एउटा विशेष राजनीतिक निर्णयले सेना समायोजनको मुद्दालाई बहसको प्राथमिकताबाट पन्छाए पनि यो मुद्दा पूरै सल्टिहालेको छैन । सेना समायोजन शान्तिप्रक्रियाको एक पाटो हो र यसका अन्य पाटाको व्यवस्थापन हुन बाँकी नै छ । त्यसमाथि माओवादी पार्टीभित्रको फरक मत र वर्गीकरणपछि बाहिरिएका लडाकुहरुको सम्भावित रणनीतिगत मिलनलाई वेवास्ता गर्न मिल्दैन ।

अमेरिकामा ‘लुट–२’

-हरिहर शर्मा-


नेपालमा ‘लुट–२’ बनिसकेको छैन । तर मलाई ‘लुट–२’ हेरेजस्तो लाग्यो, जब मैले अमेरिकामा आफ्नो नेपाली सिनेमा ‘लुट’ हेर्न पाएँ । पर्दामा बगेका ‘लुट’का दृष्यहरु त उस्तै थिए । तर मैले जसरी र जुन वातावरणमा सिनेमा हेर्ने मौका पाएँ, मलाई ‘लुट’ भन्दा ‘लुट–२’ बढी सुन्दर लाग्यो । ऋचा शर्माको छोटो दृष्य अरु मीठो लाग्यो । सौगात मल्लको कलाले फेरि एकपटक सन्तुष्ट बनायो । पहिले ‘लुट’ हेर्दा समात्न नपाइएका दृष्यहरु अहिले ‘लुट–२’ हेर्दा मजाले छुन पाइयो । नेपालमा ‘लुट’ हेर्दा खड्किएका केही दृष्य अमेरिकामा ‘लुट–२’ हेर्दा उति खड्किएनन् । फेरि पनि अपेक्षा भइरह्यो, नेपाली सिनेमा सुधारको । आशा जागिरह्यो, नेपालमा बनेका स्तरीय सिनेमा यसैगरी हेर्न पाइयोस् ।

AFC च्यालेन्ज कप : नेपाल Vs प्यालेस्टाइन (लाइभ अपडेट)

अपडेट : आज भएको एएफसी च्यालेन्ज कपमा नेपालले प्यालेस्टाइनसँग २ गोलको पराजय भोगेको छ । प्यालेस्टाइनले खेलको ४ र ६५ मिनेटमा गोल गरेको थियो । दुबै गोल अत्तेहले गरेका थिए ।

होलीमा अनुहार

कतिलाई होलीको शुभकामना भनिरहनु भनेर अनुहारमै शुभकामना पोतिदिएको रे ।
होलीमा देखिएका थप कलात्मक र रंगीन फोटोहरु हेर्न भित्र आउँनुहोस्

ह्याप्पी फागु !!!

हामी साना छँदा फागु खुब धुमधामसँग मनाइन्थ्यो । गोजीभरी अबिर बोकिन्थ्यो । अनि पत्ति रंग पानीमा घोलेर बोतलका बोतल बोकिन्थ्यो । इनामेलको चलन थिएन । मुखमा जति पोतिन्थ्यो भोलीपल्ट साबुनले एक पटक धुने बित्तिकै जान्थ्यो । काठमाण्डौ आए पछि चाल पाइयो । हाम्रो फागु यहाँ त होली भनेर मनाइदो रहेछ । काठमाण्डौमा कसैले फागु खेल्ने भनेको त सुनेको नै छैन । रंगका नाममा मुख भरी इनामेल पोतिदो रहेछ । तर जे भने पनि र अरुलाई दुख नहुने गरी रंगहरुको यो पर्व खुसीयालीले मनाऔं । मिलेर मनाऔं । यसबर्षको फागु/होलीको धेरै धेरै शुभकामना । ह्याप्पी होली ।

लौ ! हाम्रा मन्त्रीज्यू त विदेशमा समातिएछन् त !!

पर्यटन तथा नागरिक उड्डयन लोकेन्द्र विष्ट हिजो दिउँसो जर्मनीको एक सम्मेलन (ट्राभल र पर्यटनसँग सम्बन्धित आइटिबी बर्लिन)मा भाग लिन जर्मनी उडेका थिए । तर आज एकाएक विदेशमा समातिएको खबर आईरहेको छ । नागिरकन्युजका अनुसार उनी पत्नी सहित कतारमा समातिएका हुन् रे । फेरि कान्तिपुर भन्छ उनी युएइको अबुधावीमा समातिएका हुन् । ठ्याक्कै कहाँ समातिएका रहेछन् पछि पक्कै पत्ता लाग्ला नै ।

यसै त सभासदको रातो पासपोर्टमा सभासदको फोटो उप्काएर आफ्नो टाँस्दै विदेश उड्दै गरेका भेटिएका बेला मन्त्री पनि भिषा कै कारण समातिनु चै अचम्मै हो । तर अहिले सम्म जानकारीमा आए अनुसार उनी पक्राउ पर्नुको कारण भने अनौठो भएको थाहा भएको छ ।

बबरमहलमा बम बिष्फोटको प्रारम्भिक प्रतिवेदन र अभियुक्तहरु सार्वजनिक

यो तस्विरका ७ जनाहरु बबरमहल बम बिष्फोटका अभियुक्तहरु हुन् । यसमा रहेका ६ जनालाई भने प्रहरीले पक्राउ गरिसकेको छ । तर बीचमा रहेका मुख्य अभियुक्त देवराज लामा भने अझै फरार छन् । गत सोमबार तिन जनाको ज्यान जाने गरि बबरमहलमा भएको बम बिष्फोटमा जिम्मेवारहरु प्रहरीले एक साता नबित्दै पत्ता लगाएको हो । उसले पत्रकार सम्मेलन गरेर ६ जना अभियक्त सहित घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रहरीले सार्वजनिक गरेको प्रतिवेदन हेर्न भित्र आउँनुहोस् 

आफै बच्नुस्, तपाईलाई कसैले बचाउँदैन

हिजोमात्र कालिमाटी तरकारी बजारमा लागेको आगोले ६ जनाको ज्यान लियो । करोडौंको क्षति भयो । तर सञ्चारमाध्यम एउटा पार्टी विशेषको गाली सम्मेलन (अर्को पार्टीलाई सम्पुर्ण दोष खन्याएर आफु पन्छिने सर्वोत्तम उपाय) को प्रत्यक्ष प्रसारणमा मग्न छन् । हामी त्यसमै भुलेका छौं । हिजोको आगलागीका बारेमा केही बहस तथा चिन्तन भएका छैनन् । र, हुदैनन् पनि । हिजो फागुन महिनाको २० गते काठमाण्डौमा भएको आगलागीको वास्तविक कारण हालसम्म पत्ता लागेको छैन । यो केही विशेष कारणले भएको हुन सक्छ ।

तर अब फागुन, चैत्र र बैशाखमा देशभरका ठाउँहरुमा लाग्ने आगलागीका सम्भावित कारणहरु भने त्यति विशेष हुदैनन् । पोहोरका बर्ष झै यस बर्ष पनि धेरैले आगोमा परेर ज्यान गुमाउँनु पर्ने छ । थोरैमात्र जनचेतना विस्तार गर्ने हो भने र राज्य चनाखो हुने हो भने त्यस्ता सम्भावित खतरा टार्न सक्ने वा क्षति न्युनिकरण गर्न सक्ने स्थिती बन्नेछ । तर यहाँ कसलाई छ त्यसको खाँचो । मिडियालाई दुर्घटनाको लाइभ देखाउँन पाए पुग्यो, कर्मचारीलाई छानविन आयोगमा बस्नु छ, सरकार र सरकारी निकाय ? भो कुरै नगरौं ।

कालिमाटी तरकारी बजारमा भिषण आगलागी

करिब १२:१५ बजे : आगो लगभग नियन्त्रणमा आयो । केही बेर अघि भेटिएकी घाइते महिलालाई छाउनी अस्पताल लगिएको प्रहरीले बतायो ।

करिब १२:१० बजे : पानी सकिएर फर्किएको एक दमकल घटनास्थल आइपुग्यो ।

करिब १२:५ बजे : एक जना महिला आगोमा जलेर घाइते भएको अवश्थामा भेटिएर अस्पताल लगिएको । प्रहरीबाट पुष्टि भएको छैन ।

करिब १२ बजे : दुर्घटनास्थलमा जम्मा भएका पाँच दमकल मध्ये अहिले एउटा मात्र दमकल घटनास्थलमा रहेको छ । पानीको अभाव भनेर अरु दमकल फर्किसकेका छन् । ९० प्रतिशत नियन्त्रणमा आएको भनिएको आगो अहिले केहि बढेको अनुभव हुन्छ । आगो नियन्त्रणमा लिन नेपाली सेना, शसस्त्र प्रहरी र प्रहरीले ग्यासको प्रयोग गरिरहेका छन् ।
तरकारी बजारमा आगो लाग्दाको अबस्था (तस्विर : एभिन्युज टिभी)
काठमाण्डौको कालिमाटी फलफूल तथा तरकारी बजारमा आज राती करिब १० बजेतिर एक्कासी तरकारी बजारको मुख्य घरमा आगलागी भएको छ । अहिले यो ब्लग लेख्दा (समय रातको ११:३० मा) पनि आगो नियन्त्रणमा आइसकेको छैन । उपत्यकाका सबै दमकल घटनास्थलमा जम्मा भएका छन् । अहिले सम्म कुनै मानविय हताहती भएको जानकारीमा आएको छैन ।

ब्लाकबोर्ड, चक र डस्टर

-सरण राई-
लेख्नु, मेट्नु, चकको धुलोले पुरिनु । ब्लाकबोर्डमा लेख्दालेख्दै औलाहरू चक भइसक्छ । हिउँ परेझैँ चकको धुलो कपालमा खस्तै जान्छ । चैतको हुरीले उडाएको धुलोझैँ चेहरामा चक टाँसिदै जान्छ । चकको धुलोले पुरिएको चेहराभित्र एक जोर आँखा श्रेणीको चारैतिर घुम्छन्, फेरि ब्लाकबोर्डमा रोकिन्छन् । लेखिएका अक्षरहरू मेटिन्छन्, एक हातमा डस्टर अर्को हातमा चक, ऊ कराइरहेको हुन्छ, अझ ठूलो स्वरमा, ठूलो स्वरमा कराइरहेको हुन्छ ।